3 weeks ago
काठमाडौँ बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप (आज) बुधबार बाट संचालनमा
1 month ago
आजको राषिफल || आज सउन ३२ गते सोमबार को राषिफल मा तपाइको भाग्यफल हेर्नु भयो त ?
1 month ago
आज ३१  साउन २०७८ आइतवारको राशिफल ||  राशिफल मा तपाईको आजको दिन कस्तो रहने छ ?  जान्नुहोस!!
2 months ago
देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न
2 months ago
निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन
2 months ago
५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न
3 months ago
आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै ‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’
3 months ago
 प्रधानमन्त्री ओलीको सम्बोधन – असहयोग र घेराबन्दीका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि
3 months ago
नर्भिक अस्पताल पहिलोपटक आइपिओ जारी गर्ने तयारीमा
3 months ago
नेपाल स्वयंसेवी रक्तदाता समाजको आवहान मा नेपाल तरुण दल चन्द्रागिरी द्वारा रक्तदान


निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन


काठमाडौँ || ११,साउन|| निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन गर्ने कार्यक्रम हुने भएको छ । न्यायको माग गर्दै निर्मलाको आत्माले शान्ति पाओस भनि काठमाडौँ को माइतीघर मण्डलामा मगलबार साझ ५ बजे दिप प्रज्वलन गर्ने कार्यक्रम हुने भएको हो ।

नीति बदलियो ,नेता बदलिए समयसंगै मिति पनि बदलियो, तर हत्या ,हिम्सा, बलत्कार, लगाएत कयौ महिलाका समस्याहरु,कहिलै बदलिएन आखिर किन ? र कहिले सम्म ?

पछिल्लो समय निर्मला पन्त घटनाको दोषीलाई कारबाहीको लागि बिभिन् आधिकारर्मीहरु द्वारा बिभिन् कार्यक्रम गर्दै सरोकारवाला निकाय र सरकारलाई निरन्तर दवाब दिदै आएका थिए । दवाब दिदै खबरदार गर्दै गर्दा पुन अर्को भागरथी भट्ट घटना लगाएत थुप्रै घटनाहरु थपिदै गए । आखिर किन हाम्रो समाझमा यस्तो घटना बार-बार बढ्दो छ ?

दोसीलाई कारबाई हुन् किन सक्दैन ? यसको जवाफ कसले दिने ? न्यायको लागि कहाँजाने ? पीडितले न्याय कहिले पाउने ? यस्ता हजारौं प्रस्न मनमा छ तर जवाफ कसैले दिन सक्दैन सबै मौनछन् ।

गलत काम गर्नेहरु समाझमा खुल्लमखुल्ला हिड्छन उनीहरुलाई कसैको डर छैन, दु:खको कुरा आम साधारण महिला दिदि बहिनीहरुलाई भने कुनै काममा होस् वा बिद्यालय गएपछि सकुसल घर फर्किन पाईने हो कि होइन भन्ने डरले बाच्नु परेको छ आखिर कहिलेसम्म ???? कहिलेसम्म!!!

दिन प्रतिदिन बढ्दै गएको महिलाहरुका समस्या, पीडाहरु ,चुनौतीहरुको समाधानको उपाय र सरोकारवालाको जवाफ खोज्ने क्रममा विभिन्न संघ-संस्थाहरु द्वारा महिलाहरुको पिडामा मलाम लगाउने प्रयास भै रहेको देखिन्छ तर सरोकारवाला को तर्फबाट भने खासै पहल भएको भने देखिदैन ।

निर्मला पन्तकोको बलात्कार पछी हत्या भएको ३ वर्ष पुरा हुदा सम्म पनि उनले न्याय नपाएको हुदा दोषीलाई कारबाहीको माग राख्दै पन्तको आत्म शान्तिको लागि मिशन टु सपोर्ट को आयोजना र केहि सहआयोजक Group द्वारा भोलि १२ गते मंगलबार को दिन देशभर दिप-प्रज्वलन कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम बुटवल ईटहरी दैलेख डोटि विराटनगर पोखरा बर्दिया, लगायतका स्थानमा दिप प्रज्वलन कार्यक्रम गर्ने बताइएको छ । दिप प्रज्वलन कार्यक्रम देश भरि गर्न आयोजक ले सबै न्यायप्रेमी नागरिक लाई अपिल गरेको छ ।

प्राचीनकालदेखि २१ औं सताप्ब्दी सम्म आइपुग्दा विज्ञान प्रविधिको विकाश त भयो , तर महिला हिम्सा र भेदभाव को अन्त्य भने हुन सकेको छैन ।

विगत पाँच वर्षको तथ्यांकलाई हेर्नेहो भने नेपालमा ८,००० भन्दा बढी बलात्कार र ३,१०० भन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखाउँछ। सो अवधिमा झन्डै ६०,००० हजार घरेलु हिंसाका घटनाहरू प्रहरी समक्ष दर्ता भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*