6 months ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
6 months ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
6 months ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
7 months ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
7 months ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
7 months ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
7 months ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
7 months ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ




काठमाडौँ १६ मङ्सिर ।। सन्दीप राई नेपाली फुटबलमा निकै परिचित नाम हो । यही नेपाली फुटबल अहिले यिनै सन्दीपबाट भाग्ने बहाना खोज्छ । यस्तो किनभन्दा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाबाट उनीमाथि आजीवन प्रतिबन्ध लागेको संयोग छ । सबैलाई थाहा छ, खेल मिलेमतोको आरोपमा उनी र उनका केही साथीमाथि के कस्तो भएको थियो भनेर ।

वास्तवमै विस्मयपूर्ण घटना थियो । अहिले हामी सन्दीपको त्यो कुनै विषयमा मुद्दा बनाएर चर्चा गर्न लागेका होइनौं । उनको नाममा नेपाली फुटबलको एउटा यस्तो उपलब्धि जोडिएको छ, जसको श्रेय भने उनलाई दिनैपर्छ । सायद सन्दीपलाई मात्र होइन, धेरैलाई थाहा नहुन सक्छ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले गरेको सयौं गोल संख्या उनकै नाममा छ ।

सन् १९८२ देखि नेपालले आधिकारिक फुटबल खेल्न थालेको हो भने त्यसको २४ वर्षपछि यो सय गोलको उपलब्धि हात परेको हो । नेपालले सन् २००८ को मे २४ मा एएफसी च्यालेन्ज कप छनोटको खेल खेलेको थियो । भियतनामको न्होमपेनमा भएको त्यो छनोटको पहिलो खेल मकाउविरुद्ध थियो । त्यसमा नेपाल ३-२ ले विजयी रह्यो ।

यसमै सन्दीपले ४३औं मिनेटमा पहिलो गोल गरेका थिए । संयोगले यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल पनि थियो । यही गोल नेपालका लागि सम्भव भएको अन्तर्राष्ट्रिय फुटबलको सयौं ऐतिहासिक गोल रह्यो । त्यो खेलमा नेपालको तर्फबाट भएका अन्य दुई गोल जुमानु राईले गरेका थिए । छनोटको दोस्रो खेलमा पनि नेपाल १-० ले विजयी रह्यो ।

नेपालले पाएका माथिल्लो दर्जाका खेलाडीमध्ये एक हुन् सन्दीप । उनले लामो समय नेपालको रक्षापंक्ति सम्हाले । टिमको आवस्यकताअनुसार मिड्फिल्डमा पनि उनी उत्तिकै प्रभावकारी हुने गर्थे । नेपाली घरेलु फुटबलका पनि उनी लेजेन्डरी खेलाडी नै हुन् । थ्री स्टार क्लबले हात पारेका अधिकांश सफलतामा उनको कुनै न कुनै भूमिका रहेको छ । त्यस अर्थमा उनलाई नेपाली फुटबलले बिर्सन सक्ने छैन ।

 



Leave a Reply

Your email address will not be published.

*