3 weeks ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
4 weeks ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
4 weeks ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
1 month ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
1 month ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
1 month ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
1 month ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
1 month ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरेबिया र युएईमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । साउदी अरेबियाले एक जनामा ओमिक्रोन संक्रमणको पुष्टि भएको जनाउदै ती व्यक्तिलाई अलग गरेको जनाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले बुधबार रियादमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रालयका प्रवक्ता डा. मुहम्मद अल-अब्देल अलीले उत्तर अफ्रिकी देशबाट फर्किएका एक साउदी नागरिकमा कोभिड-१९ को ओमिक्रोन संस्करण पोजेटिभ देखिएको जानकारी दिए ।

अहिले ती व्यक्तिलाई छुट्टै आइसोलेसनमा राखिएको र उनीसँग सम्पर्कमा रहेकाहरूलाई अलग्गै राखि सबै रोकथाम उपायहरू पालना गर्न अनुरोध गरिएको प्रवक्ता डा. अल-अब्देललाई उद्रित गर्दै स्थानीय संचारमाध्यमले जनाएको छ ।

यसैगरी युएईमा पनि एक जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार अफ्रिकी राष्ट्रबाट आएको एक व्यक्तिमा नयाँ भेरियन्टको ओमिक्रोन पुष्टी भएको जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*