3 weeks ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
4 weeks ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
4 weeks ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
1 month ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
1 month ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
1 month ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
1 month ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
1 month ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


रुपन्देही । सशस्त्र द्वन्द्वपीडितका माग सम्बोधन हुने गरी नीति, योजना र बजेट निर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ ।

एड्भोकेसी फोरम नेपालले मङ्गलबार बुटवलमा आयोजित न्याय तथा परिपूरण सम्बन्धमा लुम्बिनी प्रदेश सरकारको नीति योजना तथा

बजेटमाथि द्वन्द्वपीडितको चासो तथा छलफल कार्यक्रममा सहभागीले आफूहरूलाई राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन

सरकारलाई सुझाव दिए ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले द्वन्द्व प्रभावितहरूलाई नयाँ तरिकाले सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर

बनाउन प्रदेश सरकारले योजना बनाएको जानकारी दिनुभयो ।

कार्यक्रममा अधिवक्त इन्दिरा आचार्यले विस्तृत शान्ति सम्झौताको १५ वर्ष बितिसक्दा पनि द्वन्द्वपीडितलाई न्याय र परिपूरणको व्यवस्था नहुनु विडम्बना भएको बताउनुभयो ।

कार्यक्रममा न्यायका लागि द्वन्द्वपीडित समाज रुपन्देहीका उपाध्यक्ष चुरामणि ढकाल, पाल्पाका पार्वती विक, कपिलवस्तुका रामलखन जयसवाल, अर्घाखाँचीका रुक्साना मियाँ, रामउजागिर चौधरीलगायतका द्वन्द्वपीडितले वास्तविक तथ्याङ्क निकालेर न्याय र उचित परिपूरणको व्यवस्था गर्न माग गर्नुभयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*