3 weeks ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
4 weeks ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
4 weeks ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
1 month ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
1 month ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
1 month ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
1 month ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
1 month ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
1 month ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


काठमाडौँ || नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने माग गरेको छ । प्राधिकरणका निमित्त उपमहाप्रवन्धक तथा प्रवक्ता देवचन्द्र लाल कर्णले भारतका अधिकांश विमानस्थलमा यस्तै तरिकाबाट विमानस्थलबाट चरा तथा वन्यजन्तु धपाउने गरिएको भन्दै नेपालमा समेत सोही उपाय अपनाउन सकिने बताए ।

मंगलबार नागरिक उड्डयन संगठन (आइकाओ)को स्थापना दिवस पारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्यशालामा आफ्नो प्रस्तुति दिँदै उनले यस्तो माग गरेका हुन् । उनले पर्यटनमन्त्री प्रेम आले तथा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग यसका लागि सहजीकरण गरिदिन आग्रह समेत गरे ।

कार्यक्रममा विज्ञहरुद्वारा प्रस्तुत गरिएको तथ्यांक अनुसार सन् २०२१ को १० महिनाको अवधिमा नेपालमा चरा र वन्यजन्तुका कारण उडानमा प्रभाव परेको कुल ५५ वटा घटना रिर्पोटिङ भएका छन् । यस्ता घटना बढी उडान तथा अवतरणका दौरान हुने गरेको पाइएको छ । यसले धावनमार्ग तथा जमिनबाट नजिकको दूरीमा बढी जोखिम हुने गरेको पाइएको छ । तथ्यांक अनुसार यस्तो जोखिम काठमाडौंमा बढी हुने गरेको छ । त्यसो त काठमाडौं बढी जहाजको आवतजावत हुने विमानस्थल समेत हो । काठमाडौंपछि पोखरा, भैरहवा, भरतपुरसहितका विमानस्थलमा यो वर्ष यस्ता घटना भएको देखिएको छ । तथ्यांक अनुसार नेपालमा हरेक वर्ष यस्तो घटना तथा दुर्घटना बढ्दो क्रममा रहेको छ ।

प्राधिकरणका निमित्त उपमहाप्रवन्धक कर्णका अनुसार अहिले चरा तथा जनावरको निगरानी गरी धपाउने काम भइरहेको भन्दै यसमा सरोकारवाला सबैले उत्तिकै भूमिका खेल्नुपर्ने बताए । विमानस्थल सुरक्षाको जिम्मा नेपाली सेना र प्रहरीले लिए पनि त्यसमा प्रभावकारी काम नभएको उनको भनाइ छ । मानिसलाई निकै सूक्ष्म तरिकाबाट चेकजाँच गर्ने प्रहरी र सेनाले वन्जन्तु र पंक्षीबाट विमानस्थललाई सुरक्षित बनाउन समेत प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

विमानस्थल निर्माणका दौरान भएका कतिपय त्रुटीका कारण समेत यस्तो जोखिम हुने उनको भनाइ छ । धावनमार्गको नजिकै खाडल नै छाडिदिने, विमानस्थल क्षेत्र भन्दा बाहिरको नजिकै लगाएका बालिनालीमा पन्छी आउँदा त्यसबाट हुने क्षति कम गर्न समेत स्थानीय सरोकारवालासँग समन्वय हुनुपर्ने उनको सुझाव थियो । कुनै बेला धावनमार्ग र चराको रंग उस्तै हुने हुनाले एयर ट्राफिक कन्ट्रोलरले चरा नदेख्दा दुर्घटनाको जोखिम हुने समेत उनले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*