5 months ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
5 months ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
5 months ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
5 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
6 months ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
6 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
6 months ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
6 months ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
6 months ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
6 months ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


मङ्सिर २३ बिहिबार।। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघले आज विहिबार  बागमती प्रदेश अन्तर्गतको उपत्यका बिशेष क्षेत्र समितिको मजदुर  जागरण अभियान उद्घाटन गरेको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघ द्वारा आयोजित पुर्वनिर्धारित जागरण अभियान उद्घाटन कार्यक्रमहरु सम्पन्न भएका छन।श्रमिक मजदुरहरुको अधिकार र पुर्ण मुक्तिको निमित्त बैज्ञानिक समाजबाद स्थापना र जनमत संग्रह भन्ने नाराका साथ पछिल्लो समय, महाँसंघ तीन महिने श्रमिक जागरण तथा संगठन निर्माणमा होमिएको जनाइएको छ। यसै क्रममा महाँसंघको उपत्यका विशेष क्षेत्रले आज काठमाण्डौंमा प्रशिक्षणात्मक कार्यक्रम गरि अभियान उद्घाटन गरेको हो ।

No description available.

कार्यक्रममा महाँसंघका केन्द्रीय अध्यक्ष कमरेड बिनोद थापाको प्रमुख आतिथ्यता,महाँसंघकै उपाध्यक्ष एबम बागमती प्रदेश समिती इन्चार्ज कमरेड शिशिर थापाको आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता र सञ्चालन महाँसंघका केन्द्रीय सदस्य एबम उपत्यका बिशेष क्षेत्रका इन्चार्ज कमरेड सरोजले गरेका थिए।

No description available.

महाँसंघका अनुसार,जारी रहेको उक्त श्रमिक जागरण एवं संगठन निर्माण अभियान न्युनतम तीन महिना र सापेक्षतामा निरन्तर सञ्चालन हुनेछ भने, कार्यक्रम “श्रमिकहरुको सम्पुर्ण अधिकारको निम्ति जनमतसंग्रह “नारामा केन्द्रित रहने छ। कार्यक्रममा उपस्थित बिभिन्न केन्द्रीय सदस्य कमरेडहरुबाट प्राप्त जिज्ञासाहरुमा केन्द्रित रहँदै प्रमुख अतिथी र अतिथी कमरेड हरुबाट महत्वपुर्ण दिशानिर्देश तथा प्रशिक्षण प्रदान गरिएको सहभागी कमरेड हरुले बताएका छन।

No description available.

कार्यक्रमा महाँसंघको पछिल्लो कार्यनिर्देशिका र भावी कार्यक्रममा ध्यान दिँदै अतिथी कमरेड शिशिर थापाले श्रमिक कटौती, न्यून ज्याला र बिशेष गरि हायर एन्ड फायर बिरुद्ध बैचारिक स्पष्टता साथ सचेत ढंगले संघर्षमा जोड दिन अनुरोध गर्नु भयो भने कार्यक्रमका प्रमुख अतिथी कमरेड बिनोद थापाले श्रमिक जागरण अभियान भव्यतापुर्ण सार्थकतामा जोड दिन बिशेष अपिल गर्नु भएको थियो ।No description available.

कार्यक्रममा महाँसंघको उपत्यका विशेष क्षेत्रका तीन जिल्ला काठमाण्डौं,ललितपुर र भक्तपुर जिल्लाका इन्चार्ज कमरेड हरु बिकास थापा,कुमार घिशिङ्ग र अर्जुन प्रसाद लामिछने र,महाँसंघको महत्वपुर्ण पेशागत घटक संघहरु; सिलाइ,गार्मेण्ट,ढुवानी, स्वास्थ्य तथा सरसफाइ, ग्रील तथा धातु, यातायात, उद्योग, निर्माण , सेक्युरिटी , सञ्चार तथा छापाखाना, होटल लगायत क्षेत्रका अध्यक्ष तथा इन्चार्ज कमरेडहरु संगै केन्द्रीय सदस्य कमरेडहरुको उल्लेख्य उपस्थिती रहेको थियो।

महाँसंघको कार्यक्रम अनुरुप ,बागमती प्रदेश अन्तर्गत रहेको उपत्यका बिशेष क्षेत्र समिती , अभियान क्रममा उपत्यकाका सबै क्षेत्रहरुमा कार्यरत श्रमिकहरुको बिचमा विभिन्न कार्यक्रमका साथ पुग्ने जनाइएको छ।

 



Leave a Reply

Your email address will not be published.

*