
काठमाडौँ २७ मंसिर ।। राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि संयुक्त आन्दोलनको सिलसिलामा आज होटल याक एण्ड यतीमा रहेको एमसीए कार्यालय घेराउ गरि धर्ना र बिरोध कार्यक्रम सम्पन्न भएको छ। MCC सम्झौताको खारेजीको निम्ति महासचिव विप्लवले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि सहित ६ राजनीतिक पार्टी र २ मोर्चाहरूद्वारा काठमाण्डौमा MCA कार्यालय रहेको होटल याक एण्ड यति आज घेराउ गरेको छ ।
घेराउ कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायतका नेताहरूले सम्बाेधन गर्नु भएको थियो भने भोलि संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो १ बजे संसद भवन पूर्व, पश्चिम र दक्षिणी द्वारतर्फ अनुकुलता अनुसार एमसीसी सम्झौता खारेज गर्न/गराउन व्यापक जनदबाब सिर्जना गर्ने उद्देश्यले सबै चारैधारका (देशभक्त कम्युनिष्ट, वामपन्थी, लोकतन्त्रवादी तथा राष्ट्रवादी) शक्ति र व्यक्तिलाई उक्त कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।

प्रतिक्रिया