
शिखलापुर झ्वःभ्वय ११४२ : नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
प्रजना राई ।।६ पुष।।
नेपाल जस्तो सानो तथा एक भूपरिवेष्ठित देश जहाँ सदियौंदेखी आफ्नो मौलिक संस्कार तथा संस्कृतिमा विकसित देशहरुभन्दा सम्पन्न छ । नेपालमा ठाउँ परिवेश अनुसार विभिन्न जातजाती बसोबास गर्ने समुदायहरु छन् । सबैले आ आफ्नै समुदायहरुको परम्पराअनुसार धार्मिक तथा सांस्कृतिक संस्कार पालना गर्दै आएका छन् । जस्मा नेवाःसमुदाय पनि एक हो । नेवाः समुदाय साँस्कृतिक रूपले निकै सम्पन्न छ । यस समुदायको संस्कृति नेपालका अन्य समुदायको भन्दा अलग साथै समृद्ध र सम्पन्न छ । नेवाः समुदायले विश्व मै आफ्नो पहिचान स्थापित गरेको छ । नेवाः समुदायमा पेशाका आधारमा वर्ण, जात र थरहरु छुट्याईएका छन् । वर्तमान समयमा नेवाः समुदाय भित्र ४ वर्ण र २८ वटा पेशागत जातहरु नेवाःहरुको छाता संगठन नेवाः देय दबू अन्तर्गत संस्थापित छन जसअन्तर्गत ऐतिहासिक हिसाबले हरेक जातको आफ्नै जातिय पहिचान छ ।
र यो समुदाय कुनै जातजाति,जनजाति वा नश्ल वा धर्म विशेष भने छैन । नेवाः एक जात नभएर समुदाय हो । साथै संस्कृति,परम्परा तथा संस्कार पनि हो । नेवारीहरुको मौलिकता झल्काउने आफ्नै भाषा,लिपि र संवत छ । नेवाः हरुको लिपि,प्रथा,जात्रा,चाडपर्व,नाचगान,बाजागाजा,परम्परागत लोकबाजा,लोकभाका,कलाकौशल, चित्रकला, हस्तकला,परम्परागत आभुषण,भेषभुषा,खानपान,सुकुल भोज आदिले विशेष महत्व तथा विशेषता राख्दछ । त्यसैले नेवाः संस्कृती तथा सभ्यता नेपालमा मात्र नभएर विश्वमै प्रसिद्ध रहेको छ । र नेवाः समुदायका प्रचलनहरु सबैमा वैज्ञानिकता रहेको पाइन्छ ।
यद्यपी, वर्तमान परिप्रेक्षमा पहिलाको तुलनामा अहिले हामीले हाम्रा मौलिक संस्कृतिहरु बिर्सदै गएका छौं । हाम्रा मौलिक संस्कृति लोप हुँदै गएका छन् । हाम्रो देशको मौलिक संस्कृतिहरु अव्यवस्थित ढंगले अगाडी बढ्दैछ । यस्ले निरन्तरता पायो भने निकट भविष्यमा हाम्रो संस्कृति मासिने छन् । र हामीले मानव हुनुको अस्तित्व गुमाउनेछौं । आफ्नो परम्परा तथा संस्कृतिलाई बिर्सने हो भने हामी मरेतुल्य मानिस हुँनेछौ र हामी मानिस हुनुको औचित्य रहने छैन । संस्कृति रहे हाम्रा पहिचान रहन्छ । पहिचान रहे हामी रहन्छौं तर संस्कृति नै नरहे, पहिचान नै नरहे हामी बाँचेर पनि महत्वहिन हुँनेछौं । त्यसकारण हाम्रा पूर्खाले जोगाउँदै ल्याएको संस्कारलाई हामीले नै संरक्षण गर्नुपर्दछ । पूर्खाले सिर्जिएका धरोहर, सम्पदा, संस्वृmति, परम्परा आदि इत्यादिहरु हाम्रा अमुल्य सम्पत्तिहरु हुन् । यसलार्य आफु बुझ्न र अरुलाई बुझाउन साथै हाम्रा भावी सन्ततिहरुलाई बुझाउँदै हस्तान्तरण गर्दै लानु नै हाम्रो परम् कर्तव्य, दायित्व र धर्म हो ।
उपत्यकाको नेवाः सभ्यताभित्र रहेका लोपोन्मुख विभिन्न रितितिथिमध्ये एक (सुकुल भोज) झ्वःभ्वय पनि लोप हुने क्रममा रहेको छ । रोटा¥याक्ट क्लब अफ शिखलापुरका संस्थापक अध्यक्ष अर्विन माकाजुले, “(सुकुल भोज) झ्वःभ्वय नेवाः समुदायको मौलिक चिनारी हो तर वर्तमान समयमा हाम्रा मौलिक संस्कृतिहरु लोप हुने क्रममा रहेकोले यसलाई संरक्षण गर्न लागिपरेको बताए ।” साथै यसलाई संरक्षण तथा सम्बद्र्धन र नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले यही पुस २४ गते तद्नुसार २०२१ जनवरी ८ गते धुलिखेल पुरानो बजारमा “हाम्रो परम्परा हाम्रो शान,हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने नाराका साथ नेवाः भ्वय परम्पराको जगेनार्थ रोटा¥याक्ट क्लब अफ शिखलापुरको आयोजना र गोरखा ब्रुअरीको प्रायोजनमा (सुकुल भोज) झ्वःभ्वय ११४२ आयोजना गर्न लागेको पनि संस्थापक अध्यक्ष माकाजुले बताएका छन् । उनका अनुसार धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेल यस्को संरक्षक रहनेछन् ।
भने ह्याण्ड इन ह्याण्ड ग्रुपको सहयोगी भूमिका हुनेछ । साथै सम्पुर्ण अतिथि महानुभावहरुलाई उक्त भोजमा सहभागी हुन निमन्त्रणा पनि गरेका छन् । भोजमा ३ सय बढी मानिसहरु आउने अनुमान गरिएको छ । सुकुल भोजको समय दिनको ३ बजे रहेको छ । साथै टिकट दर रु ६ सय ७०० रहेको छ ।
(सुकुल भोज) झ्वःभ्वय के हो ?
सुकुल भोज) झ्वःभ्वय नेवाः समुदायको पुरानो मौलिक भोज हो । यो समुदाय समूहगत क्रियाकलापमा सामेल हुने भएकोले सानो भन्दा सानो चाड पनि घरको परिवार आफन्त , छरछिमेकसँग बसेर मनाउने चलन छ । (सुकुल भोज) झ्वःभ्वय नेवाः समुदायको एक संस्कार पनि हो । (सुकुल भोज) झ्वःभ्वय भोज खान बस्दा सामूहिक रूपमा बसेर खाने प्रचलन रहेको छ । जस्ले नेवाः समुदायको अस्तित्व साथै मौलिकता झल्काउँछ ।
अध्यक्ष माकाजुका अनुसार मानिसको जन्मदेखि मृत्युसम्म पर्न आउने हरेक दुखद तथा सुखद उपलक्ष्य जस्तै चाडपर्व,कर्मकाण्ड काजक्रियामा आफु र आफ्नो परिवारको नातागोतादेखी विभिन्न किसिमले सहयोग गर्ने साथीभाई शुभचिन्तकहरुलाई मानसम्मान स्वरुप सम्बन्ध प्रगाढ रहोस भनि भोज खुवाउने प्रचलन नेवाः सभ्यतामा पुर्खौ देखि चलिआएको छ । यसै गरि बिहेवारी गरी पठाई सकेको छोरीज्वांईलाई विभिन्न चार्डपर्बको अवसरमा घर बोलाइ भोज खुवाउने चलन पनि रहेको पाइन्छ । जसलाई झ्वःभ्वोय् अर्थात सुकुल भोज भनिन्छ । उनका अनुसार सुकुल भोजको परम्परा नेवाः समुदायको मौलिक चिनारी हो । यो समुदायमा एउटै राँगाबाट ८४ प्रकारका मासुका परिकार बनाउने प्रचलन छ । यो समुदायमा सगुनका रूपमा प्रयोग गरिने बारा, माछा, मासु, अण्डा र रक्सीलाई पञ्चतत्वका रूपमा लिइन्छ, जसले काम, क्रोध, लोभ, मोह र अहंकारलाई बुझाउँदछ । यस संस्कृतिमा ऋतु अनुसारका परिकार हुन्छन् ।
पर्वहरूले नै कुन ऋतुमा के खाने भनेर सिकाएका छन् । खानुभन्दा पहिले परिकार सजाउने कला, भोज खान बस्दा सामूहिक रूपमा बस्ने प्रचलन रहेको छ । (सुकुल भोज) झ्वःभ्वय पुरानो मौलिक भोज हो जहाँ विभिन्न परिकारका बस्तुहरु रहेको छ जसलाई अष्तमातृकाको रुपमा नि पुज्न सकिन्छ । (सुकुल भोज) झ्वःभ्वयमा प्राप्त बस्तुको नाम तथा वर्गीकरण गरिएका देवीहरुको नामहरु निम्न प्रकारका छ्न ।
अष्टमातृकाको रुपमा ः द्यः (भगवान),घासा (परिकार), व्रम्हायणी — कःसू (सानो केराउ भिजाई पिनेको लेदो),महेश्वरी – धौ (दहि),कौमारी — पःमाय् (सानो मस्याङ्ग एक दिन अघि भिजाई राखेको ),वाराही — खय् पि (काँचो फर्सि २ ईन्च वर्गको काटेर टुक्रा पारेको),वैष्णवी — वाउँचा (तोरीको साग),इन्द्रायणी — भुति (बोडी),चामुण्डा — चय्पि (काँचो फर्सि १ ईन्च वर्गको काटेर टुक्रा पारेको),महालक्ष्मी – संन्या (सानो चेप्टो माछा),गणेश — पालु (अदुवा),भैरव — म्वाःविसिया (भटमास भुटेर आधा पारेको),सिम्बाः — हिंला (फोक्सो मासुमा हिंग हाली बनाएको),धुम्बाः — पंला (फोक्सो मासु नै हो तर यसमा हिंग नहाली बनाएको), अग्निदेबः– ऐला(नेवारको हरेक परम्परामा आवश्यक पर्ने मदिरा) जस्लार्ई माटाको प्याला र चाँदीको प्यालामा खन्याएर सेवन गरेमा शरीरभित्र रहेका कीटाणु मर्दछ भन्ने वैज्ञानिक मान्यता पनि रहेको छ ।
लेखन सहयोगी ः ( रोटा¥याक्ट क्लब अफ शिखलापुरका संस्थापक अध्यक्ष अर्विन माकाजु )

प्रतिक्रिया