
शुक्रवार ,९ गते ।। नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघ पछिल्लो समय जागरण अभियानमा सशक्त देखिएको छ। महाँसंघको बागमती प्रदेश ३ उपत्यका बिशेष क्षेत्र;अभियान दलले आज काठमाण्डौंको कालोपुल स्थित जन्स फेसनमा कार्यरत श्रमिकहरुसँग छलफल चलाएको छ।छलफलकै क्रममा; उद्धव बर्देवाको अध्यक्षतामा १२ सदश्यिय प्रारम्भिक इकाइ कमिटी गठन गरिएको जनाइएको छ।
यससँगै उक्त प्रतिष्ठानमा कार्यरत महिला श्रमिक हरुलाइ समेट्दै; वविता मगरको नेतृत्वमा ५ सदश्यिय महिला कमिटी समेत गठन भएको समाचार प्राप्त भएको छ। महाँसंघको जारी मजदुर जागरण अभियान क्रममा उपत्यका बिशेष क्षेत्रले सबैजसो क्षेत्रहरुमा संगठन निर्माण र सदश्यता बितरणलाई तिब्रता दिएको छ।
नवगठित इकाइ कमिटी ;जन्स फेसन अन्तर्गतको प्रतिष्ठान स्तरिय प्रारम्भिक इकाइ अध्यक्षमा उद्धव बर्देवा,उपाध्यक्ष मिराज नेपाली,सचिव लिना नेपाली,कोषाध्यक्ष गोमा परियार र सदश्यहरुमा; सराज शेख,अनुज परियार,पञ्चे बर्देवा,बबिता मगर,केदार परियार,खुर्शिद आन्सारी,लालु बर्देवा र मनु बर्देवा रहेका छन भने महिला कमिटीमा; बबिता मगरको नेतृत्वमा रहने गरि सदश्यहरु रहेका छन।

प्रतिक्रिया